१६ चैत्र २०८०, शुक्रबार
Follow Us

करेन्टले लियो ज्यान

sarusaru
७ मंसिर २०७४, बिहीबार ०३:२६

कुश्मा : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ राममन्दिर चोक नजिकै बन्दै गरेको घरमा मार्बल बोक्ने क्रममा करेण्ट लागेर बुधबार साँझ एक मजदुरको मृत्यु भएको छ । स्थानिय नरेश श्रेष्ठको बन्दै गरेको घरभित्रै मार्वल सार्ने क्रममा कुश्मा नगरपालिका वडा नं. ११ पकुवा घर भएका ३८ वर्षीय राजु विकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेका अनुसार काम गर्ने क्रममा मार्बल काट्ने मेसिनको तारमा हात छोइएपछि विकलाई करेण्ट लागेको हो । जिल्ला अस्पताल पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहदुर भण्डारीका अनुसार शवको पोष्टमार्टम छलफलपछि मात्र बिहीबार गरिने भएको छ ।
पिडित पक्ष, मार्बल बिछ्याउन ठेक्का लिएका ठेकेदार र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय पर्वतमा बिहीबार हुने छलफलमा क्षतीपूर्तिको बिषयमा सहमती भएपछि मात्र पोष्टमार्टम हुने बताइएको छ ।