७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपाको घोषणापत्र सार्वजनिक नहुँदै पार्टीभित्र बबाल, ‘यो घोषणापत्र होइन, देशद्रोही पत्र हो’

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार ०४:०१

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को आज सार्वजनिक नहुँदै बबाल सुरु भएको छ । आज दिउँसो जलेश्वरमा सार्वजनिक गर्ने भनिएको घोषणापत्रमा बहुराष्ट्रको व्याख्यालाई लिएर बबाल सुरु भएको हो । राजपाका एक वरिष्ठ नेताले नाम उल्लेख नगर्ने सर्तमा आज सार्वजनिक हुने घोषणापत्र देशद्रोह भएको बताउँदै जनस्तरबाटै घोषणपत्र बहिष्कार गर्नुपर्ने बताए । उनले भने, ‘महन्थ ठाकुरको कुत्सित मनसाय र नियतबाट तयार पारिएको यो कोठे घोषणपत्रले मुलुकलाई बाइसे चौबिसे राज्यको अवधारणामा धकेल्न खोजेको आरोप लगाएका छन् ।
घोषणापत्रमार्फत् बहुराष्ट्र अवधारणामा राजपाको ‘महन्थ दृष्टिकोण’ सार्वजनिक हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको र महन्थजस्ता नेतालाई चुनावमा हराउनैपर्ने ती नेताको जिकिर छ ।
बहुराष्ट्रको व्याख्यालाई सिके राउतको एजेन्डासँग जोडेर हेरिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बन्द कोठामा बनाउन लगाएको बन्दै घोषणापत्र सार्वजनिक नहुँदै तीब्र विरोधको स्वर सुनिन थालेको हो ।
अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये राजेन्द्र महतोले मात्र समर्थन गरेको र महेन्द्र रायले केही नबोलेको बुझिएको छ । घोषणापत्रको अन्य सबै नेताले चर्को विरोध गरेको बुझिएको छ ।