July 4, 2020
2:07 PM | 6:52 PM

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

  23rd November 2017 मा प्रकाशित

काठमाडौं । नवलपुर र दाङमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

नवलपुरको कावासोती नगरपालिकामा ११ लोकाहा पुल नजिकै लु ३६ प ५९७४ नंबरको मोटरसाइकल रोकिराखेको ना ४ ख ८६२२ नंबरको ट्रकमा बुधवार राति करिब १० बजे ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक हरीप्रसाद भुसालका अनुसार मृत्यु हुनेहरुमा साविक शिवमन्दिर ६ कावासोतीका अन्दाजी २५ वर्षीय रोशन ठाडामगर र ठेगाना नखुलेका रत्नबहादुर आले छन् । मगरले बोकेको सवारी चालक अनुमति पत्र र आलेसँग रहेको ब्लुबुकको आधारमा उनीहरुको पहिचान गरिएको हो ।

यसैगरी दाङको घोराही-लमही सडकखण्डको झिंगनीमा रा २ त १२८२ नम्बरको रोकिराखेको ट्याक्टरमा ना ३ त ११८६ नम्बरको जिप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक घोराही उपमहानगरपालिका ३ बस्ने ३२ वर्षीय कलवीर चौधरी र जीपमा सवार घोराही १३ का १२ वर्षीय अर्पण चौधरी रहेका छन् ।

– अनलाइन खबरबाट ।

प्रतिक्रिया