११ बैशाख २०८१, मंगलवार
Follow Us

न्यूजीलैण्डका लागि पर्यटन दूतमा घिमिरे

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७३, बिहीबार ०७:३८

नेपाल पर्यटन बोर्डले न्युजिल्यान्डका लागि बुद्धि सागर घिमिरेलाई पर्यटन प्रवर्द्धनका लागि मानार्थ पर्यटन दूत नियुक्त गरेको छ । सत्र बर्ष देखि नेपाल बाहिर रहेर नेपाल र नेपालीको दुख सुखमा साथ दिदै आएका नवनियुक्त पर्यटन दूत घिमिरेले नेपालको पर्यटन विकासका लागि अब आफ्नो जिम्मेबारी बढेको बताउनु भएको छ । त्रिभुवन विश्व विद्यालयबाट माइक्रोबाईलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट बातावरण विज्ञानमा समेत एमफिल गर्नु भएको छ ।