१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘दलाई लामाले भ्रमको खेती गरे’

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार १३:००

काठमाडौं । धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो । संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी लामाबाट गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।