१५ चैत्र २०८०, बिहीबार
Follow Us

अश्लील फोटो सामाजिक सञ्जालमा राख्ने धर्मगुरु पक्राउ

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार १३:१७

काठमाडौं । युवतीहरुको अश्लील फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा राखेको अभियोगमा एक जना धर्मगुरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोभारस्थित गुम्बाका धर्मगुरु टुल्के लामालाई पक्राउ गरेको हो । धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेको भन्दै प्रहरीले युवतीसँग अश्लिल सम्बन्ध राख्ने र अश्लिल फोटो सार्वजनिक गर्ने गरेकोबारे विद्युतीय कारोबार ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका धर्मगुरु ‘हाइप्रोफाइल’ व्यक्ति भएको र उनले शक्ति तथा पँहुचको दुरुपयोग गर्दै युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाउने गरेको प्रहरीको आरोप छ ।