१२ बैशाख २०८१, बुधबार
Follow Us

ह्याप्पी थ्यान्क्स गिभिङ

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार २०:१६

अमेरिका पत्ता लागेपछी यहाँका आदीवासीहरु र आप्रवासीहरु मिलेर पहिलो फसलको उत्सव मनाएका थिए। सो बेला देखी थ्यान्क्स गिभिङको परम्परा सुरु भएको हो। अमेरिकाका सर्वाधिक लोकप्रिय राष्ट्रपती अब्राहम लिन्कनको घोषणा सङ्गै सन १८६३ देखी थ्यान्क्स गिभिङ पर्वलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु गरिएको हो। यो परम्परा सृस्‍टिकर्ता, पालनकर्ता, छरछिमेक, परिवार र मित्रजनहरु प्रती धन्यवाद र अभार प्रकट गर्ने अत्यन्त भावनात्मक र उच्च कोटिको मानविय उत्सव हो।
प्रस्तुत छ, यो एैतिहासिक पर्वको अवसरमा नेपाल विश्व सहयोग संघका अध्यक्ष मणिनेपाली पनेरुको शुभकामना(कविता)

विश्वभरका दिदी र बहिनी , मित्र र दाजु भाई
धन्यवाद दिवस यो शुभ दिन वधाइ सबैलाई

जगत दिने जगत जननी आमा हे नेपाल
सुन्दर शान्त मुहार तिम्रो हृदय बिशाल
म तिम्रै पुत्र, माटो र मुटु अटूट नाता छ
तिम्रै काखको सुगन्ध यहाँ सुरक्षा छाता छ

अमेरिकालाई थ्यान्क यु भेरी मच यो धर्म भूमीलाई
इज्जत आमाद आवास दिने यो कर्म भूमीलाई
पढ्ने पढाउने गुरु र प्रिय चेला र चेलीलाई
ज्ञानको भोक मेटाउने सारा कितावको ठेलीलाइ

समाजको लागि योगदान गर्ने धर्मवीरहरुलाई
जीवनै अर्पण गर्ने ति महान कर्मवीरहरुलाई
मलाई आफ्नो परिवार मान्ने परिवारजनलाई
हामी छौं भनी ढाडस दिने त्यो चोखो मनलाई

थ्यान्क्स गिभिङलाई ममता गर्ने सबैलाई धन्य्वाद
हृदयको यो गलैँचा ओछ्याई नमन धन्यवाद

मणी नेपाली पनेरु
क्यालिफोर्निया, यु एस ए
नभेम्बर २३, २०१७