July 4, 2020
12:31 PM | 5:16 PM

चर्को भाडा असुल्ने सवारी साधनलाई जरिवाना

  24th November 2017 मा प्रकाशित

काठमाडौं । उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ ।

आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे १२ लाख रुपैयाँ जरिवाना उठाएको छ ।

विभागले कारवाहीमा परेका प्रत्येकसँग ५ हजारका दरले जरिवाना असुलेको हो ।

-नागरिक न्युजबाट ।

प्रतिक्रिया