१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मौन अवधिको पूर्वसन्ध्यामा हवाइ फायरिङ

sarusaru
८ मंसिर २०७४, शुक्रबार ०४:१९

मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताएका छन् ।

मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले जानकारी दिए ।

-टिभि अन्नपूर्ण