July 4, 2020
2:17 PM | 7:02 PM

जान्नुस् मतदान गर्ने तरीका

  24th November 2017 मा प्रकाशित

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।
निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो ।
आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् । रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो ।
यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभातर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ ।
दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेश सभातर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्रमार्फत चारपटक मतदान गर्नुपर्नेछ ।

प्रतिक्रिया