१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्नी सीता र छोरी रेणुसहित प्रचण्ड आजदेखि चुनावी अभियानमा

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७४, शुक्रबार ०५:५९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ । छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो ।
तिमिल्सेनाले भन्नुभयो, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले आजदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ ।”
अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने बताउनुभयो ।
चुनावी अभियानका क्रममा अध्यक्ष दाहालकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जानुहुने बताइएको छ ।