७ बैशाख २०८१, शुक्रबार
Follow Us

हल्लाको बन्दले जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७४, शुक्रबार ०६:०४

काठमाडौं । काठमाडौं नेपाल बन्दको हल्लाका कारण आज विहान काठमाडौं उपत्यकामा निक्कै कम सवारीका साधन चलेका छन् । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको संख्या कम रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र पूर्व माओवादी लडाकु समूहले नेपाल बन्द आब्हान गरिएको हल्लाका कारण उपत्यकामा कम मात्रामा सवारी साधन चलेका हुन । वन्दको हल्लाका कारण धरान, उदयपुर, दाङ, नेपालगञ्ज लगायतका क्षेत्रमा पनि निक्कै कम मात्रै सवारी साधन चलेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
केही दिनदेखि नै बन्दको हल्ला चलेका कारण विहान देशका प्रमुख शहरमा चहलपहल कम देखिएको सुरक्षाकर्मीले बताएका छन् उता बन्द आब्हान गरेको भनिएको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आफ्नो संगठनले बन्द आब्हान नगरेको भन्दै बन्दको हल्ला निराधार रहेको बताएको छ । त्यस्तै पूर्व माओवादी लडाकु समूहले पनि बन्दको कुनै कार्यक्रम नरहेको जानकारी दिएको छ ।