७ बैशाख २०८१, शुक्रबार
Follow Us

मतदान केन्द्रको धमाधम निर्माण हुँदै

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७४, शुक्रबार ०६:०६

काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा सम्पुर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार निर्वाचनका लागि सुरक्षाकर्मी सहित मतदान अधिकृत र सहयोगी कर्मचारीको टोली तोकिएका मतदान केन्द्रमा बिहीबार बेलुकी नै पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेर टोलीले चार किल्ला र निधेषित क्षेत्र तोक्ने काम गरिसकेका छन् । आजवाट मतदान अधिकृतहरुले सर्वदलीय बैठक राखेर निर्वाचनको आवश्यक तयारी गर्ने बताइएको छ । साथै मतदान केन्द्रमा मत हाल्ने स्थानको निर्माण लगायतको काम पनि आजैवाट शुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान केन्द्र सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरी पहिलो घेरामा, सशस्त्र प्रहरी दोस्रो घेरामा र सेना तेस्रो घेरामा खटिएको छ । निर्वाचनमा ६१ हजारभन्दा बढि सेना परिचालन भएका छन् । केन्द्रदेखि जिल्लातहसम्म विभिन्न तहमा रिजर्भ फौज, बम निस्कृय टोली, मतपत्रको सुरक्षा र मतपेटिका तथा अन्य सामाग्रीमा समेत सेना खटिएको छ ।