June 7, 2020
7:42 AM | 12:27 PM

उपत्यकाको जनजीवन सामान्य

  24th November 2017 मा प्रकाशित

काठमाडौं । आज नेपाल बन्द रहेको हल्ला चलेपनि उपत्यकाको जनजीवन सामान्य अवस्थामै रहेको छ । बन्दका हल्लाका कारण कारण केही शिक्षण संस्था बन्द रहेपनि बजार, कलकारखाना, यातायातलगायत भने सामान्य दिनमाझै यथावत् चलिरहेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रकुमार धानुकले बन्दको कुनै प्रभाव उपत्यामा नपरेको बताउनुभयो ।
बन्दको हल्लाका कारण बिहान न्यून मात्रामा सार्वजनिक सवारीसधान चलेपनि दिउँसोदेखि उल्लेख्य मात्रामा सवारीसधान चलेका छन् । आज नेपाल बन्द रहेको हल्ला चलेपनि कुन पार्टी वा संगठनले बन्द आह्वान गरेको भन्ने नखुलेपछि यो केवल हल्लामात्रै रहेको आँकलन गरिएको छ । बन्द आह्वान गरेको भनिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र पूर्व जनमुक्ति सेना दुवैले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको यसअघिनै स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया