June 7, 2020
7:35 AM | 12:20 PM

‘काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ’

  24th November 2017 मा प्रकाशित

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताउनुभएको छ ।
बबरमहल क्षेत्रमा आज आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसको ठीक नीति र त्यसको सही कार्यान्वयनबाट नै देश समृद्धिको अभियानमा अघि बढेको जिकिर गर्दै भन्नुभयो, “देशमा भ्रष्टाचार नियन्त्रण गर्न र गरिबी अन्त्य गर्न काँग्रेसबाहेक अरु कसैले सक्दैन, देशको राजस्व पहिले रु छ अर्ब थियो, अहिले ६०० अर्बभन्दा बढी भइसकेको छ, यो काँग्रेसका कारण सम्भव भएको हो ।”
पूर्वउपप्रधानमन्त्री सिंहले काँग्रेसले राज्यको ढुकुटी मजबुत गर्नका लागि उदार आर्थिक नीति अपनाएकाले देश उन्नतिको बाटामा अगाडि बढेको बताउनुभयो ।
“नेपाली काँग्रेसले समृद्धिको अभियान अगाडि बढाइरहेको छ, तत्कालीन पार्टी सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा संविधान जारी भएकाले त्यसको कार्यान्वयनको जिम्मा पनि काँग्रेसले नै गर्न सक्छ र जनतालाई अवसर पनि दिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया