१२ बैशाख २०८१, बुधबार
Follow Us

वडाध्यक्ष अपहरण

sarusaru
१० मंसिर २०७४, आईतवार ०२:३९

काठमाडौँ । कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन्। उनलार्य नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अपहरण गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति वडापालिका कार्यालय नजिकैबाट नेकपाका ६, ७ जनाको समहुमा आएका कार्यकर्ताले जबरजस्ति लिएर गएको नेपालीका भाई प्रमोदले बताए।

तपाईसंग काम छ, भन्दै बाहिर बोलाएर जबरजस्ती लिएर गए, उनले भने।

निर्वाचनको तयारीबारे २, ४ जना बसेर छलफल गरिरहेको अवस्थामा उनी अपहरणमा परेका थिए। प्रतिकार गर्दा पनि छुटाउन नसकेको उनका भाई प्रमोदले बताए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
-डिसी नेपालबाट ।