७ बैशाख २०८१, शुक्रबार
Follow Us

अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७४, आईतवार ०८:४८

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार अपराह्न १ बजेसम्म औसतमा ४० प्रतिशत मतदान भएको छ । सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।