१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रहरी जवानमाथि गोली हान्ने को हो ?

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७४, आईतवार १३:२०

लहान । अज्ञात समूहले आज दिउँसो सिरहाको निरदनामा चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । सवारी चेकजाँचका क्रममा मोटरसाइकलमा आएका दुई जनाका समूहले चलाएको गोली लागेर जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।

प्रहरी जवान यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिनुभयो ।

घाइते दुवै जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले जानकारी दिनुभयो । गोली कस्ले र किन चलाएको भन्ने पुष्टि नभएको र गोली चलाउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ ।