१३ बैशाख २०८१, बिहीबार
Follow Us

दलाई लामाको अभिव्यक्तिप्रति बुद्ध फाउण्डेसन यूकेको आपत्ति

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७४, आईतवार २२:३९

लन्डन– आध्यात्मिक नेता दलाई लामाको अभिव्यक्तिप्रति बुद्ध फाउण्डेसनले आपत्ति जनाएको छ । फाउण्डेसनले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्ति सच्याउँदै माफी माग्न आग्रह गरेको छ ।

बुद्ध फाउन्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ र महासचिव गणेश खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’भनेर दिएको अभिव्यक्तिप्रति कडा भर्त्सना गर्दै लामालाई आममाफी माग्न आग्रह गरेको छ ।

लुम्बिनी गौतम बुद्धको जन्मस्थल भएकोबारे संयुक्त राष्ट्रसंघीय निकाय ‘युनेस्को’ले मान्यता दिइसकेको अवस्थामा लामाको अभिव्यक्तिले करोडौं नेपालीको भावनामा आघात पुगेको उल्लेख गर्दै विज्ञप्तीमा बुद्धको जन्मस्थलबारे भ्रम फैलाउन मद्दत पुगेकाले सच्याउन आग्रह गरिएको छ ।

गत अक्टोबर १६, २०१७ का दिन भारतको उत्तर प्रदेशमा आयोजित एक शैक्षिक कार्यक्रमलाई सम्बोधन गर्दै लामाले नेपालीलाई ‘मुर्ख’भन्दै बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका थिए ।