१२ बैशाख २०८१, बुधबार
Follow Us

धादिङमा मोटरसाइकल दुर्घटनामा २ जनाले गुमाए ज्यान

sarusaru
११ मंसिर २०७४, सोमबार ०२:५८

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटारमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा ७९ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मोटरसाइकल सडकभन्दा करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

– अनलाइन खबरबाट ।