१५ चैत्र २०८०, बिहीबार
Follow Us

बाग्लुङको अमलाचौरमा विवादको क्रममा भाग्दै गर्दा २ जना घाइते

sarusaru
११ मंसिर २०७४, सोमबार ०६:१४

बागलुङ- बानपा १२ अमलाचौरमा कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताबीच सामान्य विवाद हुँदै गर्दा नेपाली काङ्ग्रेसका कार्यकर्तालाई हात हाली भाग्ने क्रममा बाम गठबन्धनका कार्यकर्ता राजु शाही लडेर घाइते भएका छन् ।
मतदान सकिए पछि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता श्याम नेपाली र बाम गठबन्धनका कार्यकर्ता राजु शाहीको बीचमा सामान्य विवाद हुँदा राजु शाहीले काङ्ग्रेस कार्यकर्ता श्याम नेपालीमाथि हातपात गरी भाग्दै गर्दा लडेर घाइते भएको स्थानीयले बताएका छन् ।
शाहिको धौलागिरी अञ्चल अस्पताल बागलुङमा सामान्य उपचार पछि थप उपचार गर्न पोखराको मणिपाल अस्पताल लगिएको स्थानीयले बताएका छन् ।