७ बैशाख २०८१, शुक्रबार
Follow Us

भौगोलिक विकटताले गर्दा ८७० स्थानका मतपेटिका अझै बाटोमा

sarusaru
११ मंसिर २०७४, सोमबार ०७:३६

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा हिजो मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा पुर्याइएको छ । भौगोलिक विकटतालगायत कारणले ८७० स्थानका मतपेटिका भने अझै सदरमुकाम पुर्याउन सकिएको छैन ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।

यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ ।

– अनलाइन खबरबाट ।