१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस नेतालाई लक्षित गरी बम विष्फोट

sarusaru
११ मंसिर २०७४, सोमबार ०७:४१

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ मा चुनावी सभामा सहभागी हुन जार्दै गरेका नेपाली काँग्रेसका नेतामाथि आक्रमण भएको छ।

गुल्मीको क्षेत्र नं २ अन्तर्गत मालिका गाउँपालिका २ को दर्लिङ्गमा दिउँसो हुने चुनावी सभामा जाँदै गरेका कांग्रेसका नेतालाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराएका हुन्।

नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का सवार लु १ च ९४५८ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको प्रहरीले जनाएको छ।

कम कसले र किन आक्रमण गरेको भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ। आक्रमणकारीको खेजी भइरहेको प्रहरीले जनाएको छ।
– डिसी नेपालबाट ।