१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्लाही–४ मा वाम गठबन्धनका उम्मेदवारको उम्मेदवारी रद्द

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार ०८:२१

सर्लाही । माओवादी केन्द्रवाट सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का उमेदवार शिवपूजन रायको उम्मेदवारी रद्द भएको छ । कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति भएको उजुरीपछि छानविनका आधारमा आयोगले उम्मेदवारी रद्द गरेको हो । उनीविरुद्ध सोही क्षेत्रका दुई जना स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंह र अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा छुट्टाछुट्टै उजुरी दर्ता गरेका थिए ।
प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको भन्दै सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ । पहिलो संविधानसभामा सदस्य रहको समयमा राय कुटनीतिक राहदानीे दुरुपयोगको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति हुन् ।
विशेष अदालतले रायलाई २०७२ साउनमा कुटनीतिक राहदानी सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको अभियोगमा चार महिना कैद र १५ हजारको जरिवाना गरेको थियो । पहिलो संबिधानसभामा संघीय समाजवादी फोरमवाट चुनाव जितेका राय दोस्रोमा तमलोपावाट उम्मदवार भइ चुनाव हारेका थिए ।
केही समयअघि माओवादी केन्द्रमा प्रवेश गरेका उनले आसन्न निर्वाचनमा सर्लाही चारवाट टिकट पाएका थिए । सर्लाही–४ मा कांग्रेसका अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र प्रतिनिधि सभामा उम्मेदबार रहेका छन् ।