१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार १३:३५

झापा । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । झापा क्षेत्र नं ५ स्थित गौरादहमा आज आयोजित काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्र्दै उहाँले धेरै संघर्ष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री देउवाले निरङ्कुशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको र अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनावसमेत भएको बताउँदै विचार पु-याएर मतदान गर्न आग्रह गर्नुभयो ।

सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले लोकतन्त्रको भ-याङ चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउँदै वाम गठबन्धन नेपाललाई साम्यवादको जञ्जिरमा लैजाने प्रपञ्च मात्रै भएको विचार व्यक्त गर्नुभयो ।