१३ बैशाख २०८१, बिहीबार
Follow Us

रहेनन् कांग्रेसका डोलराज अर्याल

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार १४:१०

भरतपुर । नेपाली कांग्रेस साविक गुञ्जनगर गाविसका उपसभापति ७९ वर्षिय डोलराज अर्यालको गएराती उनकै निवास गुञ्जनगरमा निधन भएको छ । बाल्यावस्थादेखि नै राजनीतिमा लागेका उनि पंचायत शासन व्यवस्था हटाउन सत्याग्रह,जनआन्दोलन लगायतका विभिन्न आन्दोलनमा सक्रिय भएर लागेका थिए ।
अर्यालको पार्थिव शरिरलाई नेपाली कागं्रेस चितवनका पुर्व सभापति टेक प्रसाद गुरुङ, जिल्ला सचिव उत्तम जोशि र साविक चित्रवन नगरसभापति शालिग्राम पौडेलले संयुत्त रुपमा पार्टिको झण्डा ओडाएका हुन् । उनको निधनले पार्टीलाई अपुर्णनीय क्षति भएको नेपाली कागं्रेस चितवनका पुर्व सभापति गुरुङले बताए । उनीप्रति श्रद्धान्जली व्यत्त गर्दै नेपाल शिक्षक संघ चितवनका पुर्व अध्यक्ष मुत्तिनाथ ढकालले उनको जिवनीबारे प्रष्ट्याएक थिए ।
अन्त्येष्टिका क्रममा भरतपुर १८ का वडाध्यक्ष दिपक लामा,गुञ्जनगरका पुर्व गाउ सभापति श्रीलाल अधिकारी,भरतपुर १८ का कागं्रेस वडासंयोजक रामकृष्ण पण्डित, उपसंयोजक छविलाल ढकाल, कांग्रेसका समानुपातिक उम्मेदवार गिता गुरुङ लगायत कागं्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उनको आज सोमबार देवघाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।
अर्याल साविक वरपिपल गाउ पंचायत स्याङजाका पुर्व पार्टि सभापति हुन् भने उनि किसान संघ तनहुँका पुर्व जिल्ला सभापति समेत रहेका थिए । वि.सं.१९९६ मा तनहुको साविक भिमाद गा.वि.स ९ मा जन्मिएका उनको दुई श्रीमति, ४ छोरा र २ छोरी रहेका छन् । उनि केहि वर्षदेखि सुगर र पिसाव सम्बन्धि रोगले पिडित थिए