१३ बैशाख २०८१, बिहीबार
Follow Us

दिदीको चिता बहिनीको डोली

sarusaru
१२ मंसिर २०७४, मंगलवार ०२:२४

घाइते अवस्थामा अस्पताल भर्ना भएकी दिदीको त्यही दिन मृत्यु भयो । तर, त्यही दिन उनैकी बहिनीको डोली घरबाटै उठ्यो । त्यही दिनको लागि बहिनीको बिहे तोकिएको थियो । तोकिएको मितिमा बिहे रोकिएन । यता दिदीको लाश उठ्यो उता त्यसको ४ घण्टापछि नै बहिनीको डोली उठ्यो । यस्तो घटना भारतको आगरा शहरमा भएको हो ।

यहाँको जगदीशपुरा क्षेत्रका सुवेदार वीरेन्द्र कुमारका ४ छोरीमध्ये माइली छोरीको बिहीबार बिहे तोकिएको थियो । वीरेन्द्रले १२ वर्षअघि आफ्नी जेठी छोरी नीरजाको बिहे सेनामै कार्यरत पुष्पेन्द्रसँग गरिदिएका थिए । नीरजालाई बिहेपछि नै दाइजोको लागि सताउने गरेको वीरेन्द्रले बताएका छन् । साइँली छोरी शीलुको बिहे तोकिएपछि इंगेजमेन्टको दिन पिता वीरेन्द्रले हुनेवाला ज्वाइँलाई औंठी लगाइदिए । १८ नोभेम्बरका दिन भएको इंगेजमेन्टमा ज्वाइँलाई औंठी लगाइदिएको देखेपछि जेठा ज्वाइँ पुष्पेन्द्रले हंगामा गरे । उनले आफूलाई औंठी नदिएको भन्दै झगडा गरे र ससुरालाई कुटपिट नै गर्न खोजे ।

त्यसको २ दिनपछि नै पुष्पेन्द्रले नीरजालाई जिउँदै जलाइदिए । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएकोमा बिहीबार २३ नोभेम्बरका दिन उनको मृत्यु भयो । जेठी छोरीको मृत्यु भएपछि बिहे रोकिने डरले आत्तिएका वीरेन्द्रले साइँली छोरीसँग बिहे हुन लागेका सोमनाथले मानवता देखाएको बताए । सोमनाथले तोकिएको मितिमै कुनै भोजभतेर नगरी सादा किसिमले बिहे गरेका हुन् । नीरजाको हत्याको अभियोगमा पुष्पेन्द्रविरुद्ध मुद्दा चलाइएको छ । उनी फरार रहेको बताइएको छ ।
-डिसी नेपालबाट ।