१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तारा एयरको विमान दुर्घटना ; चार जना घाइते

sarusaru
१२ मंसिर २०७४, मंगलवार ०४:४५

हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ।
कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेत उड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ।
उनका अनुसार विमान चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी चार जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ। अहिले उद्धारका लागि नेपाली सेनाको टोली पुगेको छ।

– अन्नपूर्ण पोष्टबाट ।