१३ बैशाख २०८१, बिहीबार
Follow Us

इवांकाको कुरालाई लिएर अमेरिकामा ट्रम्पको विरोध

sarusaru
१२ मंसिर २०७४, मंगलवार ०५:३४

तीन दिनसम्म चल्ने ग्लोबल इन्टरप्रेनरसिप समिटमा भाग लिनको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांका हैदराबाद आइपुगेकी छिन् । इवांकाले यस वर्षको समिटमा अमेरिकाको नेतृत्व गर्दैछिन् । यो समिट पहिलो पटक दक्षिण एशियामा हुन लागेको हो । यो समिटको सुरुवात २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेका थिए । समिटमा १२७ देशका करिब २ हजार जना सहभागी हुँदैछन् ।

यस वर्षको समिटमा अमेरिकाको टिमको नेतृत्व गर्दै इवांकालाई पठाइएसँगै अमेरिकामा भने विवाद चुलिएको छ । २०१० मा यो समिट सुरु भएदेखि २०१६ सम्म यो समिटमा अमेरिकी टिमको नेतृत्व राष्ट्रपतिको हैसियतमा बाराक ओबामा वा विदेशमन्त्री जोन क्यारीले गरेका थिए । तर यस पटक अमेरिकी टिमको नेतृत्व राष्ट्रपतिकी छोरीलाई दिइँदा अमेरिकामा विवाद भएको हो । विवादका कारण अमेरिकाले आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको छैन ।

यो समिटमा अमेरिकी राष्ट्रपति र विदेशमन्त्री दुवै छैनन् । विदेशमन्त्री रेक्स टिलरसनले इवांकासँग कुनै उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएनन् । विदेमन्त्री टिलरसनले विश्वव्यापी रुपमा इवांकाको हैसियत बलियो नहोस् भनेर उनीसँग कुनै प्रतिनिधिमण्डल नपडाएको बताइएको छ । यो विषयमा राज्य सरकार र ह्वाइटहाउसबीचको विवाद खुला रुपमा सतहमै आएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

– डिसी नेपालबाट ।