May 29, 2020
4:45 AM | 9:30 AM

सानिमा इक्विटी फण्डको बिक्री शुरु

  28th November 2017 मा प्रकाशित

काठमाडौं । कुल १२ करोड एकाइ बराबरको सानिमा इक्विटी फण्डको कारोबार आजदेखि शुरु भएको छ । कुल सात वर्षको बन्दमुखी योजनाअन्तर्गत एक करोड ८० लाख एकाइ संख्याको १५ प्रतिशत एकाइ प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी अरु एकाइ बिक्री शुरु भएको सानिमा क्यापिटलले जनाएको छ ।
आजदेखि शुरु भएको उक्त म्याचुअल फण्ड यही मंसिर २६ गतेसम्म जारी रहनेछ । आवेदकले न्यूनतम १०० एकाइ र अधिकतम २४ लाख एकाइ खरिद गर्न पाउने छन् ।

प्रतिक्रिया