१५ चैत्र २०८०, बिहीबार
Follow Us

लिभरपुलमा क्यान्सर सम्वन्धी जनचेतना कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार १०:४५

लिभरपुल । लिभरपुल नेपाली समाजले १२ नोभेम्बरका दिन
क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम महिलाहरुलाई आफ्नो स्तन आफैले कसरी परीक्षण गर्ने, कस्तो गिर्खा वा गाँठाहरु सामान्य हुन् र कस्तो देखिएको वा भेटिएको अवस्थामा डाक्टर देखाउने भन्ने विषयमा जानकारी दिइएको थियो ।

क्यान्सर विषेशज्ञ कन्सल्ट्यान्ट अनु श्रोत्रीले प्रत्यक्ष उपस्थित भएर क्यान्सर सम्बन्धी जानकारी गराइन् ।

कार्यक्रम महिलाहरुको उत्साहजनक उपस्थिति थियो। लीभरपुल नेपाली समाजकी सदस्य तथा कार्यक्रम संयोजक सपना बस्नेतले कार्यक्रम निकैनै जानकारी मुलक भएको र महिलाहरुलाई उपयोगी भएको बताइन्।