८ बैशाख २०८१, शनिबार
Follow Us

ओलीले सम्वोधन गरिरहेको सभामा एक्कासी विस्फोट

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार ११:०४

ललितपुर । ललितपुरको लगनखेलमा रहेको नमूना मछिन्द्र उच्च माध्यामिक विद्यालय परिसरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बाम गठवन्धनले सभा आयोजना गरेको स्थल नजिकै रहेको विद्यालय परिसरमा दिउसो दुई बजेतिर बम विस्फोट भएको हो । सभामा एमाले अध्यक्ष केपी ओलीले सम्वोधन गरिरहेको समयमा एक्कासी विस्फोट भएको थियो ।
विद्यालयवाट करिव दुई सय मिटर टाढा बटुक भैरव मन्दिर नजिकै बम विस्फोट भएको हो । विस्फोटवाट विद्यालयका अधिकांश झ्यालका सिसा फुटेका छन् । विद्यालयको कक्षा कोठामा विद्यार्थीहरु नभएको बेलामा विस्फोट भएकाले ठुलो क्षति हुन नपाएको विद्यालयले जानकारी दिएको छ । विस्फोटवाट विद्यालयको कक्षा सात आठ र नौ को कक्षाकोठाका सिसाहरु फुटेका छन् ।
विस्फोट निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बम विस्फोटका विषयमा थप अनुसन्धान भैरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।