१३ बैशाख २०८१, बिहीबार
Follow Us

अब जनताको मत र मन बदलिनुपर्छ : रवीन्द्र मिश्र

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार १३:४३

धनगढी । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताउनुभएको छ । आज यहाँ आयोजित सो पार्टीको चुनावी सभामा उहाँले भन्नुभयो –“राज्यको नीति निर्माण तहमा पुग्ने नेताहरुको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।” संयोजक मिश्रले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गर्नुभयो ।