१५ बैशाख २०८१, शनिबार
Follow Us

सागर आलेसहितका कलाकार बेलायत आइपुगे

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार २१:१२

लन्डन- नेपाल आइडल टप फोर सागर आलेसहितका कलाकार बेलायत आइपुगेका छन् ।

बेलायतका विभिन्न सहरमा हुने सांस्कृतिक कार्यक्रम ‘सागर आले साँझ- २०१७’ मा सहभागी हुन सागरसहित उनका दाइ बिग आइकन साजन आले र लोकगायिका माया (ईन्द्र) गुरुङ हिथ्रो विमानस्थलमा उत्रिए ।

उनीहरुलाई स्वागत गर्न आयोजक मध्येका सार्दा गुरुङ, ज्योति थापा, ईन्द्र आले, रुक राना एबं एनआरएन युकेका युबा संयोजक एलबिजेड गुरुङ सहित युबा समाज सेबी बीरेन खड्का लगायत विमानस्थल पुगेका थिए ।

‘सागर आले साँझ- २०१७’ को पहिलो कार्यक्रम डिसेम्बर १ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो शो २ डिसेम्बर साँझ हकिन्ज कम्युनिटी सेन्टर फोकस्टन केन्ट र तेश्रो शो लन्डनस्थित आर्क एल्भिन एकेडेमी एभिन्यू वेम्ली (पहिलेको कोपल्याण्ड स्कुल) र डिसेम्बर १७ मा लण्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा
मा हुने तयारी छ ।
24131035_10210680669278137_2745825829438334974_n
३२ बक्स इन्टरटेनमेन्टको प्रस्तुतिमा शारदा गुरुङ, रुक आले, ज्योति रजाली मगर, इन्द्र आले थापा, ज्ञान गुरुङ लगायतले संयुक्त रुपमा कार्यक्रम हुन लागेको हो ।

आयोजकले कार्यक्रममा आएर भरपुर मनोरन्जन लिन तथा कलाकारहरुलाई हौसला प्रदान गर्न बिशेष आग्रह गरेका छन्
– शिव भण्डारी