१३ बैशाख २०८१, बिहीबार
Follow Us

दक्षिण सुडानमा जातीय झडप; ४० को ज्यान गयो ,दर्जनौँ अपहरण

sarusaru
१३ मंसिर २०७४, बुधबार ०३:३६

काठमाडौं । दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामीण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन् ।

उक्त समूहले ती गाउँबाट दर्जनौंको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ ।

– स्रोत; देशविदेश