१४ बैशाख २०८१, शुक्रबार
Follow Us

त्रि. वि. कागजबिहिन प्रशासन

sarusaru
१३ मंसिर २०७४, बुधबार ०४:२१

काठमाण्डौै । (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ ।

विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो ।

२०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै उत्तरपुस्तिका परीक्षण केन्द्र भवन उदघाटन भइसकेको छ ।

त्रिवि केन्द्रदेखि दुर्गम गाउँसम्म विद्युतीय नेटवर्क विस्तार गर्ने र त्यसअनुसार सबैखाले प्रशासनिक काम कारवाही सूचना प्रविधिमैत्री बनाउने जनाइएको छ ।

– कान्तिपुरबाट ।