१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस उम्मेद्वार कार्कीमाथि बम प्रहार, गम्भीर घाइते, उपचारका लागि काठमाडौं ल्याइयो

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७४, बुधबार ०९:३५

ललितपुर । नेपाली कांग्रेसले उदयपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढ्नु भएको बा १५ च ७८०६ नम्बरको सवारी साधनलाई लक्षित गरेर उदयपुरको गढी गाउपालिका वडा नं ६ मा बुधबार बिहान भएको बम प्रहारको निन्दा एवम् भत्र्सना गर्दै दोषिमाथि कारबाहीको माग गरेको छ ।

बम आक्रमणबाट कांग्रेस नेता कार्की गम्भीर घाइते हुनुभएको छ । उहाँको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ । उहाँलाई उपचारका लागि हेलिकोप्टरबाट बुधबार नै काठमाडौँ ल्याइदैछ । सो सांघातिक आक्रमणबाट उहाँसँगै चुनाव प्रसारमा रहनु भएका निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्की सहित अन्य ३ जना घाइते हुनु भएको छ । चुनावी प्रसार प्रसारमा हिडेको बेला उहाँको हत्या नै गर्ने मनसायले विहान करीब ११ बजे उक्त विष्फोट भएको थियो ।

यसैगरी हिजो उदयपुर प्रतिनिधिसभा क्षेत्र नं। १ का नेपाली कांग्रेसका उम्मेदवार डा। नारायण खड्काको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो । यसै गरि नेपाली कांग्रेसले पार्टीका पूर्व महामन्त्री एवं झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढी स्थित घरमा सोमबार राति भएको बम विष्फोटको पनि नेपाली कांग्रेसले विरोध गर्र्दै दोषिको पहिचान गरी कारबाही गर्न र निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु रं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट श्रृखंलावद्ध रुपमा यस प्रकारका घटनाहरु दोह¥याई रहनु अत्यन्त दुःखद विषय भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित नहुने बताइएको छ । नेपाली कांग्रेसका नेता, उम्मेदवार एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको छ ।

कांग्रेसले यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको उल्लेख गर्दै यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिएको छ । नेपाली कांग्रेसले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।