१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौड्याल

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७४, बुधबार १०:५८

काठमाडौं । ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको आज बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनुभएका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । लण्डनबाट एमविए गर्नुभएका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालिसक्नु भएको छ ।
उहाँले सन् १९८७ मा इन्ट्री लेभलमार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गर्नुभएको थियो । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उहाँ तात्कालिन एनआइसी बैंक जानुभएको थियो । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेल्नु भएका पौड्यालले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैंकमा जानुभएको थियो । लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन जानुभयो । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उहाँसँग रहेको छ । उहाँले त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव संगाल्नुभएको छ । त्यसपछि उहाँले तात्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गर्नुभएको थियो । तात्कालिन ग्लोबल बैंककोको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु ु प्रमुख कार्यकारी अधिकृत हुदै उहाँ ग्लोबल आइएमई बैंक लि. को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन हुनुभएको हो ।