July 10, 2020
10:55 AM | 3:40 PM

श्रीमान् विदेशमा, श्रीमतिले छोरी जन्माएर हत्या

  29th November 2017 मा प्रकाशित

नुवाकोट । आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।
परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीको लागि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया