११ बैशाख २०८१, मंगलवार
Follow Us

सुरक्षा व्यवस्थाप्रति प्रधानमन्त्रीको असन्तुष्टि, चेक जाँचमा कडाइ गर्न निर्देशन

sarusaru
१४ मंसिर २०७४, बिहीबार ०२:३८

काठमाडौं । वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । सुरक्षा व्यवस्था राम्रो छ भन्दाभन्दै निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेजपार्न कडा कारबाही गर्ने निर्णय भएको छ ।’

उनका अनुसार अब शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिनेछ । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले झोलामा राखेर बम लगेर विस्फोट गराउँदा पनि थाहा नपाएको भन्दै आक्रोस पोखेको थिए । उनले सुरक्षा चेकजाँच कडा बनाउन निर्देशन दिएका छन् ।

गृहसचिव सापकोटाका अनुसार दाङ र उदयपुरमा भएको बम विस्फोटबारे थप अनुसन्धान भइरहेको छ ।

मंगलबार प्रधानमन्त्री देउवाको चुनावी सभा नजिकै भएको बम विस्फोटमा घाइते भएका मध्ये म्यादी प्रहर विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ ।

यस्तै बुधबार उदयपुरमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ७ जना घाइते भएका छन् । थुप्रै ठाउँमा उम्मेदवार लक्षित विस्फोट भएका छन् ।

सुरक्षा समितिले दाङ विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।

बैठकमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति राजेन्ऽ क्षत्रीको सट्टा बलदेव राज महत सहभागी थिए भने नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धानका दिलिप रेग्मी र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठ सहभागी थिए

-अनलाइनबाट ।