६ बैशाख २०८१, बिहीबार
Follow Us

कसरी भयो त्रिशुलीमा बस दुर्घटना

sarusaru
१४ मंसिर २०७४, बिहीबार ०३:०८

काठमाडौँ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ। १९ घाइते भएका छन्।

बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो।

दुर्घटनामा घाइते भएकी इन्दिरा दमासेले जे देखिन्
-म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ। बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो। करिब ३०–३२ यात्रु थियौँ।

-नौबिसेमा खाजा खायौँ। चालकले राम्ररी नै बस कुदाइरहेका थिए।

-बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो।

-विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो। ट्रकले आफ्नो लेन समाउन भ्याएन।

-घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो।

-तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो। मैले देखेअनुसार ट्रक र बस रोकिए।

-ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो।

-पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ। दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो।

-म बेहोस भएछु। घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे।

मृतक
अर्घाखाँचीको मालारानी गाउँपालिका हंसपुरका ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ। पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

– डिसी नेपालबाट ।