१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जितुको व्यङ्ग्य रेखालाई ; जोक्करलाई पैसा खनियो

sarusaru
१४ मंसिर २०७४, बिहीबार ०३:२३

नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुकमा चलेको वार युद्धले सिनेवृत रन्किएको बेला नायिका रेखा थापा पनि यो द्वन्द्वमा मिसिइन् । एक सञ्चारकर्मीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै ऋचालाई समर्थनको शैलीमा रेखाले ‘छक्का पञ्जा’ टीमलाई ‘जोक्कर’ भनेपछि त झन यो विषयले ठूलै प्रलय ल्याएको छ । फेसबुकको कमेन्टमै हास्यकलाकार तथा दीपाश्री निरौलाले रेखालाई ‘धन्यवाद’ भनेकी थिइन् ।

यस्तैमा, रेखालाई हास्यकलाकार जीतु नेपालले पनि ब्याङय प्रहार गरेका छन् । बुधवार राजधानीमा आयोजित फिल्म ‘फिर्के’को ट्रेलर सार्वजनिक कार्यक्रममा सुलेमान शंकरलाई बधाई दिँदै उनले भने, ‘हास्यकलाकारलाई यहाँ जोक्कर भन्ने गरिन्छ अनि जोक्करमाथी नै पैसा खनिराखेको छ ।’ उनको यो जवाफ रेखालाई रहेको स्पष्ट हुन्छ ।

जीतु दीपक-दीपाले निर्माण गरेको पहिलो फिल्म ‘६ एकान ६’ देखि ‘छक्का पञ्जा २’ सम्म दोहोरिरहेका कलाकार हुन् । फेसबुकमा कुनै सवाल-जवाफ नगरेपनि पहिलो पटक ‘गेट विल सुन’ काण्डमा जीतुले मुख खोलेका हुन् । हेरौं, जीतुको यो चोटिलो जवाफको उत्तर रेखाले फर्काउँछिन् वा फर्काउँदिनन् ?

– फिल्मी खबरबाट ।