१२ बैशाख २०८१, बुधबार
Follow Us

इटहरीको कांग्रेस सभास्थल नजिकै बम विस्फोट, तीन घाइते

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७४, बिहीबार ०७:४९

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित भलादमी चोक नजिकै बम बिस्फोट हुँदा एक बर्षिय बालक सहित तीन जना घाइते भएका छ । नेपाली कांग्रेसले आयोजना गर्न लागेको चुनावी सभास्थल नजिकै मध्यान्ह १२ बजेतिर अज्ञात समूहले बम विस्फोट गराउदा स्थानीय धनवहादुर श्रेष्ठ, संमृना अधिकारी र एक बर्षिय बालक योवन न्यौपाने घाइते भएका हुन ।
सुनसरी तीनमा कांग्रेसका तर्फवाट प्रतिनिधि सभा सदस्य विजयकुमार गच्छदारको चुनावी सभाको तयारी हुँदै गरेको अवस्थामा एक्कासी विस्फोट भएको प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् । घाइतेमध्ये दुई जनाको न्यूरो अस्पताल विराटनगर र एकजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ । विस्फोट निर्वाचन विरोधी आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको हुनसक्ने अनुमान गरिएको छ ।
विस्फोटका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।