७ बैशाख २०८१, शुक्रबार
Follow Us

एम्बुस थाप्ने योजनाकार पक्राउ

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७४, बिहीबार ०७:५१

गाईघाट । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ ।
बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसबाट सख्त घाइते कार्की र उहाँका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।