७ बैशाख २०८१, शुक्रबार
Follow Us

गगनसँग भट्टराई दोब्बर मतले पराजित हुने पूर्वानुमान

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७४, बिहीबार १०:२३

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को निर्वाचन माहोलले नयाँ रुप धारण गरेको छ । विशेष गरी वाम गठबन्धनका उम्मेदवार राजन भट्टराई गगनविरुद्ध प्रचारबाजीमा उत्रिएपछि चुनावी महोलले नयाँ रुप धारण गरेको हो । विशेषगरेर कपन भेकलाई हिलोधुलो र अस्तव्यस्तत भएको नाममा राजन भट्टराइले गगन थापाबिरुद्ध सामाजिक सञ्जालमा अतिरिञ्जत प्रचार थालेका छन् ।

गगनले कपन जाने आउने ६ वटा बाटोलाई राष्ट्रिय योजनामा पारेर अरबभन्दा धेरै बजेटको व्यवस्था गरेर काम कार्यान्वयन तहमा पुगेको छ । निर्माणाधीन ती सडकको हिलो र धुलो देखाएर स्थानीय जनताको मन जित्ने भट्टराईको प्रयास त्यत्तिबेला असत्य सावित भयो, जुन बेला उक्त सडक राष्ट्रिय योजनामा परेर निर्माणाधीन रहेको थाहा पाए ।

हिजो बुधबार राजधानीमा सबै दलका उम्मेदवारबीचमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो । काठमाण्डौ क्षेत्र नम्बर ४ का दुई प्रमुख उम्मेदबार मध्ये एमालेका तर्फबाट उम्मेदबार बनेका राजन भट्टराईलाई मतदाताको प्रश्नको जवाफ दिनका लागि बोलाइएको थियो । दुवै उम्मेदवारले कार्यक्रममा आउने बचन दिएका थिए । तर गगनविरुद्ध आफ्नो वौद्धिकताभन्दा तल झरेर दुष्प्रचार गरिरहेका भट्टराई अन्तिम समयमा कार्यक्रममा आउन नसक्ने खबर पठाएर उम्किए ।

स्वतन्त्र रुपमा आयोजना गरेको दुई उम्मेदरबारसँगको अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदबार भट्टराईले आउने बचन दिए पनि अनुपस्थित भए ।
काठमाडौं–४ मा गगनको लोकप्रियता घरदैलो कार्यक्रममै देखिएको छ । स्थानीय तहको परिणाम जेजस्तो आए पनि गगनको लोकप्रियतासँग डराएर वाम गठन्धनका उम्मेदवार भट्टराई अनर्गल प्रचारमा लागेको विश्लेषण गरिएको छ । घर दैलो अभियानमा गगनको पक्षमा देखिएको जनलहरले भट्टराई दोब्बर मतले पराजित पराजित हुने पूर्वानुमान गरिएको छ ।