१५ चैत्र २०८०, बिहीबार
Follow Us

शुक्रबार सार्वजनिक विदा

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७४, बिहीबार १२:५९

काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मगुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिन परेकाले सरकारले भोली विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज विज्ञप्ती प्रकाशित गरेर शुक्रबार सार्वजनिक बिदा भएको जानकारी गराएको हो । विज्ञप्तीमा शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोग समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । सँगै सरकारले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ मा पनि विदा दिने निर्णय गरेको छ । आगामी पौष १० गते ‘डिसेम्बर २५ तारिख’ मा परेको ‘क्रिसमस डे’ समेत सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।