१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्री बन्न शर्माले लेखा समितिबाट शर्माले राजीनामा दिने

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार ०७:२८

काठमाडौं ।  व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिनुभएको छ । समितिको आजको बैठकको प्रारम्भमा उहाँले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताउनुभयो । दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन हुनुभएको थियो ।

नेकपा माओवादी केन्द्रबाट शर्मा सभासद निर्वाचित हुनुभएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उहाँले राजीनामा दिन लाग्नुभएको हो । भनिन्छ, प्रधानमन्त्री दाहालले शर्मालाई ऊर्जा मन्त्री बनाउँदै हुनुहुन्छ ।