१३ बैशाख २०८१, बिहीबार
Follow Us

घुसको रकमसहित इन्जिनियर नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७४, बिहीबार १३:०२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ । सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी काम सम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि विभिन्न बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकमसहित बुधबार उहाँलाई नियन्त्रणमा लिएको हो ।