७ बैशाख २०८१, शुक्रबार
Follow Us

शक्तिशाली आँधिबाट ३ को मृत्यु

sarusaru
१५ मंसिर २०७४, शुक्रबार ०३:५५

कोलोम्बो । श्रीलङ्कामा आएको शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु भएको समाचार छ। यस आँधीको कारण एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन्।

आँधीले सडक छेउका सयौँ रुख ढालेको छ भने घरहरु पनि पूर्णरुपमा क्षति पुगेको बताइएको छ। आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सकै बिद्यालय बन्द गरिएको छ।

बुधबार राति रुख ढलेर ती व्यक्तिको मृत्यु भएको थियो। सडक, रेल मार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदिप कोदिसिलीले बताए। कोलोम्बो नेसनल अस्पतालमा यस आँधीको कारण घाइते भएका कम्तीमा १५ व्यक्ति उपचारार्थ भर्ना भएका ती प्रवक्ताले जानकारी दिएका छन्।

त्यसैगरी दक्षिणी तटीय क्षेत्रमा माछामार्ने डुङगा पल्टिदा अन्य दुई व्यक्ति बेपत्ता भएका छन्।
– रासस/एएफपी