१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तायाहाङ्माको ‘आमा मेरी आमा…’ (भिडियो)

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार ०८:२८

काठमाडौं । गायिका तायाहाङ्मा राई श्रोता तथा दर्शकमाझ मार्मिक गीत तथा भिडियो लिएर आएकी छन् । तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गीतसंगीत क्षेत्रमा ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो । नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङमाले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी थिइन् । यहाँसम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् । तर, हालै सार्वजनिक गीत अर्थात् ‘आमा मेरी आमा’ निकै मर्मश्पर्शी तथा मनछुने छ ।
फरकशैलीमा निर्माण गरिएको यस भिडियोमा गायिका आफै अभिनय गरेकी छन् । गीतको भावअनुसार उनी निकै भावुक बनेकी छन् । सार्वजनिक गीतमा शब्दरचना तथा संगीत चन्द्र लामा ‘अनुराग’को रहेको छ । जो कोरियामा छन् । कोरियामा बसेर पनि गीतसंगीत र समाजसेवामा सक्रिय अनुराग भन्छन्, ‘सानैदेखि गीतसंगीतप्रतिको मेरो रुचि हो ।’ यस भिडियोलाई छायांकन मधुर बस्नेतले गरेका हुन् भनेसम्पादन रविन बिक र मिक्सिङ विक्रम कार्कीले गरेका हुन् ।
याक इन्टरटेनमेन्टले निर्माण गरेको या् गीत ‘संगीत अनुराग’ एल्बममा संग्रहित छ । विभिन्न स्टेज कार्यक्रम तथा रेकर्डिङमा व्यस्त हुँदै आएकी तायाहाङ्माले भनिन्, ‘व्यस्तताका बाबजुद पनि यो स्ुटडियो भिडियो सार्वजनिक गरेकी हुँ ।’ यो भिडियो सार्वजनिक गर्दै उनले भनिन्, ‘आमा मेरी आमा म आफैलाई पनि मन परेको गीत हो । त्यसैले पनि भिडिायो बनाएकी हुँ ।’ तायाहाङ्मा आउँदो २५ डिसेम्बरमा हङकङमा हुने एक च्यारिटी कार्यक्रममा सहभागी हुन जाँदैछिन् । किरात चाम्लिङ राई खाम्बातिम हङकङले आयोजन गर्ने ‘पारुहाङ साँझ–२’मा आफ्नो प्रस्तुती रहने तायाहाङ्माले बताइन् ।